Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


वडा कार्यालयमै शिविर, बैंक खाता खोल्न सजिलो


0
Shares

कपिलबस्तु । कपिलवस्तुमा सौरहाको वडा कार्यालयमै शिविर सञ्चालन गरेपछि बैंकको पहुँच नभएका नागरिकलाई खाता खोल्न सहयोग पुगेको छ ।

सामाजिक सुरक्षा भत्ता बैंकमा जम्मा गर्न संघीय सरकारले निर्देशन दिएसँगै बैंकको पहुच नभएका स्थानका नागरिकलाई समस्या पर्दै आएको थियो ।

पहिलो दिन नै सामाजिक सुरक्षा भत्ता बुझदै आएका सय जेष्ठ नागरिकले खाता खोलेका छन् ।

वडामै बैंक खाता खोलिएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । कपिलवस्तु नगरपालिकामा वडामै खाता खोल्ने सुविधा प्रदान गर्ने वडा नम्बर १२ पहिलो वडा हो ।