म्याग्दी, कात्तिक १७ । गाउँ–गाउँमा सडक विस्तार भएसँगै म्याग्दीका पर्यटकीय स्थलमा पुग्ने पदमार्गका होटल बन्द हुन थालेका छन् ।
आधा दशक अघिसम्म पदमार्ग क्षेत्रमा दुई सयको हाराहारीमा रहेका होटल पछिल्लो समय मोटरबाटोको विस्तारसँगै सुनसान बनेका हुन् । होटलहरु बन्द भएसँगै यस रुटमा हिँड्ने पर्यटक गाईडको रोजीरोटी समेत खोसिएको छ ।
जिल्लाकै प्रमुख पर्यटकीय स्थल घोडेपानी, तातोपानी हुँदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकअन्तर्गतका होटल अहिले सुनसान बनेका हुन् । यो क्षेत्र हुँदै आवतजावत गर्ने विदेशी पर्यटकले कास्कीको नयाँपुल, घान्द्रुक हुँदै जाने गरेका छन् ।
जिल्लाको घोरेपानीसहित उत्तरी म्याग्दीका विभिन्न पदमार्गको प्रयोग गरी मुस्ताङ जाने मार्गका होटलसमेत बन्द अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांकअनुसार वार्षिक ४० हजार विदेशी पर्यटक जिल्ला भित्रिने गरेका छन् । म्याग्दी भित्रिने विदेशी पर्यटकमध्ये करिव ८० प्रतिशत घोडेपानीको भ्रमणमा जाने गर्दछन् ।









प्रतिक्रिया दिनुहोस्