२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


भारतीय राष्ट्रपतिको काठमाडौंमा भव्य स्वागत् (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भव्य स्वागत् गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठकक्षमा पुगेर भारतीय समकक्षीको स्वागत् गरेकी हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरुलगायत सरकारी उच्चअधिकारीहरुले पनि भारतीय राष्ट्रपतिको विमानस्थलमै पुगेर स्वागत् गरेका छन् । त्यसक्रममा नेपाली सेनाको सम्मानगारथ अर्पण गरेको थियो ।

मुखर्जी चढेको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा करिब ४५ मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु सबै उडान स्थगित गरिएको थियो ।

बाहिरबाट आएका विमानलाई पनि अवतरणमा रोक लगाइएको थियो । उनीलाई विशेष सुरक्षाका साथ विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवाससम्म पुर्‍याइएको थियो ।

भारतीय राष्ट्रपतिको स्वागतका लागि काठमाडौं उपत्यकाका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

त्रिभुवन विमानस्थल, तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, भद्रकाली, सहिदगेट, न्यूरोडगेट, जमल, लैनचौर, लाजिम्पाट, महाराजगन्जलगायतका क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका हुन् ।

योसँगै सडकका दुबै किनारामा नेपाल र भारतका राष्ट्रिय झन्डा फहराइएको छ ।

भारतीय राष्ट्रपतिको सुरक्षार्थ सयौंको संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंका अधिकांश ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्