
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमणदलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन् ।
प्रतिनिधिमन्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशंकरलगायत छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमणदलमा भारतको सुरक्षा निकायका उच्चअधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवं सन्चारकर्मी सम्मिलित छन् । रासस
प्रतिक्रिया दिनुहोस्