२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


काठमाडौंमा भारतीय राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने


0
Shares

काठमाडौं, कात्तिक १७ । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौं महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दनपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आएका छन् ।

महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले ‘काठमाडौं महानगरमा विशिष्ट व्यक्तिलाई कुनैपनि बेला आउनका लागि स्वागत् छ’ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिए ।

राष्ट्रपति मुखर्जीलाई काठमाडौंको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई दृष्टिगत गरी भ्रमणको सम्भावित मार्गमा महानगरपालिकाले विशेष सरसफाइ अभियान सन्चालन गरिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्था महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताए ।रासस