२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


खुकुरी प्रहार गरी युवा फरार, गम्भीर घाइते अस्पतालमा


0
Shares

मोरङ, कात्तिक १७ । मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् ।

मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारीलगायतका युवाले बुधबार बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।

खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ । रासस