
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् ।
भारतीय वायुसेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमै पुगेर भारतीय समकक्षीको स्वागत् गरिन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत मन्त्रीहरुले पनि भारतीय राष्ट्रपतिको विमानस्थलमै पुगेर स्वागत् गरेका थिए ।
भारतीय राष्ट्रपतिको स्वागतमा नेपाली सेनाको एक टुकडीले विमानस्थलमै २१ तोपको सम्मानगारथ र सलामी अर्पण गरेको थियो ।
विमानस्थलमा ओर्लिएलगत्तै भारतीय राष्ट्रपति मुखर्जी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
राष्ट्रपतिद्वयबीच द्विपक्षीय हित र आपसी सहयोगका विषयमा करिब सवाघन्टा छलफल भएको थियो ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्तापछि भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित स्वागत् समारोहमा सहभागी भएका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्