काठमाडौं, कात्तिक १७ । बुधबार सुनको मूल्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले उकालो लागेर ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तिहारको बिदाअघि महासंघले सुनको मूल्य तोलाको ५६ हजार ७ सय रुपैयाँ तोकेको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बृद्धि भएर ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९८ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्