Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


एडीबीको १२ अर्ब बढीको सहयोग प्रस्ताव पारित


0
Shares

काठमाडौं, कात्तिक १७ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ अर्ब रुपैयाँ बराबर ऋण सहयोग र ५ करोड रुपैयाँ बराबर अनुदान सहयोग गर्ने प्रस्ताव पारित गरेको छ ।

एडीबीले नेपालको माध्यमिक शिक्षाको पहुँच र गुणस्तरीयता अभिबृद्धिका लागि १२ करोड डलर ऋण र ५ लाख डलर अनुदान सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित एडीबीको कार्यालयले जनाएको हो ।

सरकारको माध्यमिक शिक्षा क्षेत्र विकास कार्यक्रम २०१७—२०२३ का लागि बहुराष्ट्रिय दातृनिकायहरुले गर्ने साढे ६ अर्ब डलर ऋण सहयोगअन्तर्गत् एडीबीको यो सहयोग रहेको जनाइएको छ ।