धनकुटा, कात्तिक १८ । संखुवासभामा उत्पादित आलुको बीउको माग बढेको छ । उच्च पहाडी क्षेत्रमा उत्पादित आलुको बीउबाट राम्रो उत्पादन हुने भएकाले संखुवासभामा उत्पादित आलुको बीउको माग पूर्वी पहाडी जिल्लाहरुमा बढेको हो ।
संखुवासभाबाट वार्षिक १ सय ५० टनसम्म आलुको बीउ निर्यात हुने गरेको छ । यहाँ उत्पादित आलु धनकुटा, तेह्रथुम, ताप्लेजुङका विभिन्न भागसम्म पुर्याइने गरेको छ ।
संखुवासभाका मादी मूलखर्क नगरपालिका, उम्लिङ, तामाफोकलगायतका गाविसमा ब्यावसायिक आलु खेती गरिँदै आएको छ ।
संखुवासभामा उत्पादित आलुको बीउ प्रतिकेजी ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीयले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्