काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे ।
खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।
एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्