Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भारतीय राष्ट्रपतिद्वारा माधव नेपाललाई भारत भ्रमणको निम्तो


0
Shares

काठमाडौं, कात्तिक १८ । भारतका राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले विहीबार शिष्टाचार भेट गरेका छन् ।

पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच विहीबार हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो ।

नेकपा एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

भारतीय राष्ट्रपतिले पूर्वप्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि गरे ।

नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवद्र्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राखेका थिए । रासस

Skip This