Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तराई–मधेस अलग्गै र पहाड अलग्गै हुनुपर्ने माग गलत : खनाल


0
Shares

                                                                       फाइल फोटो

जनकपुरधाम, कात्तिक १८ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलग्गै र पहाड अलग्गै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गरेका छन् ।

नेकपा एमाले प्रदेश नम्बर–२ कमिटीद्वारा विहीबार सो पार्टीको मिथिलाभवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उनले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औंल्याए ।

एमालेका पूर्वअध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए ।

कार्यक्रममा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमाले संविधान संशोधन गर्ने पक्षमा छ’ भन्दै ‘संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दू खोज्नु आवश्यक छ’–भने ।

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उनले मधेसको हितका लागि सधैं अग्रसर रहेको आफ्नो पार्टीलाई मधेसविरोधी भएको प्रचारमा सत्यता नभएको प्रसंग उल्लेख गरे ।

महासचिव ईश्वर पोखरेलले ‘एमाले संविधान संशोधनको पक्षमा भएपनि के–कहाँ संशोधन गर्ने कुराको अस्पस्टताका कारणले समस्या देखिएको छ’–भने ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा. वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गरे । रासस

Skip This