Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेस सभापति देउवा दिल्ली प्रस्थान


0
Shares

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन देउवा शुक्रबार भारत गएका हुन् । देउवा दिल्ली हुँदै शुक्रबार नै गोवा पुग्ने कार्यक्रम छ ।

गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले सम्बोधन गर्नेछन् । उनले गोवामा रहँदा स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित शाहलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । शनिबार दिल्ली फर्कने देउवाले त्यहाँ केही औपचारिक कार्यक्रममा सहभागिता जनाउनेछन् ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने बताइएको छ ।

दिल्लीमा रहँदा सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराजसहितसँग राजनीतिक भेटघाट गर्ने बताइएको छ । उनी कात्तिक २३ गते काठमाडौं फर्कनेछन् ।

Skip This