३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


पञ्चकोटमा गरुड शिला निर्माण कार्य अन्तिम चरणमा


0
Shares

बाग्लुङ, कात्तिक १९ । बाग्लुङको पञ्चकोटमा निर्माणाधीन गरुड शिलाको काम अन्तिम चरणमा पुगेको छ ।

बाग्लुङ नगरपालिका–८ स्थित पञ्चकोटमा १ करोड रुपैयाँको लागतमा गरुड शिला निर्माण गरिएको हो । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ सञ्चालन गरी भौतिक निर्माण कार्यको थालनी गरिएको थियो ।

यो स्थानमा गरुड शिलासहित विष्णु भगवान, गंगामाता, ५ हजार ५ सय ५५ केजीको घण्ट, १०८ फिटको अग्लो शान्ति कलशलगायत विभिन्न मूर्ति एवं शिला निर्माण गरिने भएको छ । सम्पूर्ण पूर्वाधार निर्माण गर्न २ अर्बभन्दा बढी लाग्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए ।