
काठमाडौं, कात्तिक १९ । थाइल्यान्डका परराष्ट्रसचिव बुसाया माथेलिनले शुक्रबार काठमाडौंको श्रीकीर्ति विहारका भिक्षुहरुलाई कठीन चिवरदान गरेकी छन् ।
थाइल्यान्डका युवराज महावाजिरालोङकोर्नको जन्मदिनको अवसरमा श्रीकीर्ति विहारका भिक्षुहरुलाई कठीन चिवरदान गरिएको हो ।
थाइ नरेश भूमिबोल अब्दुल्यादेजको निधनपछि राजकाजको कार्यभार स्वतः युवराज महावाजिरालोङकोर्नको सरेको भएपनि आगामी डिसेम्बर १ तारिखदेखिमात्र उनले राजभार सम्हाल्ने तय भएको छ ।
कठीन चिवरदान कार्यक्रममा थाइ परराष्ट्रसचिव माथेलिनले नेपाल बुद्धको जन्मभूमि भएकाले थाइ नरेशको बुद्ध जन्मथलो लुम्बिनी र यहाँका बौद्ध विहार एवं भिक्षुहरुप्रति ठूलो आस्था रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्