२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः उद्घाटन खेलमा आर्मीको आधादर्जन गोल


0
Shares

काठमाडौं, कात्तिक १९ । प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लबले शानदार सुरुआत गरेको छ ।

ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलमा कृष्णा खत्रीले ४ गोल गरिन् भने शर्मिला थापामगर र दीपा अधिकारीले १–१ गोल थपे ।

जितसँगै आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसँगै पाँच विकाश क्षेत्रका टोलीहरु तथा भारतको विहार र सिक्किमका राज्यस्तरका टोली गरी कुल १० टोली सहभागी छन् ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विशेष कार्यक्रमकाबीच शुक्रबारै उद्घाटन गरेको कात्तिक २४ गतेसम्म चल्ने प्रतियोगिता ‘नकआउट’का आधारमा सन्चालन भएको हो ।

नेपाली सेनाले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक सहयोग गरिरहेको छ ।