Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दाहाल–ओली भेटवार्ता, के भयो कुरा ?


0
Shares

काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटवार्तामा नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा शुक्रबार भएको सो भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दल एकठाउँ उभिनुपर्ने प्रस्ताव राख्नाका साथै संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एकठाउँमा उभिएर अघि बढ्नुपर्ने आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुबै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा सकारात्मक ढंगले छलफल भएको बताइएको छ । रासस

Skip This