Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘कानुन हातमा लिन खोजेकोले महाभियोग’


0
Shares

                                                                 फाइल फोटो
मोरङ, कात्तिक २० । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमांकनदेखि मोर्चाले उठाएका विषयकाबारेमा छलफल भएपनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए ।

एमाले, कांग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अरु विषयले छिट्टै पूर्णता पाउने जिकिर उनले गरे ।

नेता गच्छदारले १६ बुँदे सहमतिको जगबाट उठाइएको ८ प्रदेशका पक्षमा आफू रहेको उनको भनाइ छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले दलहरु आफू दह्रोरुपमा प्रस्तुत् हुने हो भने बाह्य चिन्ता र चासो हटेर जाने बताए ।

पत्रकारसँगको भेटमा नेता पोखरेलले ऐन–कानुनलाई आफ्नो हातमा लिन खोजेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह माथि महाभियोग लगाउन खोजिएको बताए । रासस

Skip This