३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


दुई मोटरसाइकल ठोक्किएर पल्टिएपछि भ्यानले किच्यो, युवकको मृत्यु


0
Shares

मोरङ, कात्तिक २० । सवारी दुर्घटनामा परी मोरङको कोसीहरैचामा शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोसीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

कोसीहरैचा नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को१४प ५४२८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको को१७ प ९६९१ नम्बरको मोटरसाइकल ठक्कर खाएर पल्टिएपछि ९६९१ नम्बरको मोटरसाइकलका चालक कार्कीलाई विपरीत दिशाबाट आइरहेको को१ज २४८५ नम्बरको भ्यानले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस