
राँझा, चैत १६ । बाँकेको कोहलपुर नगरपालिका–३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।
उनकाअनुसार मृतक दुवै स्कुटीचालक हुन् ।
शुक्रबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मदनचोकनजिकै चौधरी र शाहीले चलाएको भे५प १४२० र भे८प २१६५ नम्बरका स्कुटी एकापसमा जुधेका बेला तीव्रगतिमा आएको बा१५च २०९६ नम्बरको स्कारपियोले दुवैजनालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।
जिपचालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्