२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


उदयपुरको खैराहाबासीलाई खानेपानीको समस्या


0
Shares

उदयपुर । खानेपानीको पर्खाइमा रहेका उदयपुरको खैराहाबासीले यस बर्ष पनि शुद्धपानी पिउन नपाउने भएका छन् ।

उनीहरुले चौदण्डीगढी नगरपालिका —१० खैराहामा बर्षौदेखि खोला, खोल्सी र बगुवा खोलाका किनारमा कुवा बनाउदै पानीको समस्या टार्दै आएका छन् ।

डोकोमा गाग्री बोकेर पानीको खोजीमा घण्टौ बिताउनु महिलाहरुको दिन चर्या बनेको छ ।

२०७१ सालदेखि संचालन भएको खानेपानी योजना त्रियूगा नदी किनारमा खनेको इनार, पम्प र पम्पघर निर्माणमै सिमित रहेको छ ।

३ करोड ५८ लाख रुपैयाकोे लागतमा ३ सय ९ घर उपभोक्तालाई खानेपानीको आयोजना पाच बर्षभित्र सम्पन्न हुनु पर्ने योजना हो ।

सदरमुकाम गाइघाटदेखि ८ किलोमिटर पूर्वमा मदनभण्डारी लोक मार्गमा पर्ने इकराहा, खैराहा लगायतका ठाउमा शिक्षा, स्वास्थ्य, यातायातमा पहुच भएपनि खानेपानीको समस्या विकराल बनेको छ ।

बजेट अभावले आयोजनाको थुप्रै काम बाँकी रहेको भए पनि यस वर्ष ७ लाख ८८ हजार मात्र रकम विनियोजन भएको खानेपानी सरसफाइ डिभिजन ४ सुनसरीका साइट इन्जिनियर सत्यनारायण साहले बताए ।