
काठमाडौं, कात्तिक २२ । स्पेसिन ला लिगा अन्तर्गतका पछिल्लो खेलमा बार्सीलोना विजयी भएको छ ।
आइतबार राती भएको खेलमा बार्सीलोनाले सेभियालाई २-१ ले हरायो । खेलमा बार्सीलोनाका लागि लियोनल मेस्सी र लुईस सुवारेजले एक एक गोल गरे ।
ला लिगा अन्तर्गतका अन्य खेलहरुमा सेल्टा भिगोले भ्यालेन्सीयालाई २-१ ले हराँउदा भियारियालले रियाल बेटीसलाई २-० ले पाखा लगाएको छ ।
ईस्पानियोल र एथ्लेटिक बिल्बाओले गोलरहित बराबरी खेलेका छन् ।
स्पेनिस ला लिगामा ११ खेलबाट २७ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा उक्लिएके छ ।
२५ अंकको साथ बार्सीलोना दोस्रो स्थानमा छ भने २२ अंकको भियारियाल तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्