
वासिंटन, कात्तिक २२ । अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस) ले अमेरिकी राष्ट्रपति पदका लागि हुने निर्वाचनमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट टाढा रहन मुस्लिमहरुलाई आग्रह गरेको छ ।
अमेरिकी सुरक्षा एजेन्सीहरुले पनि हमलाका सम्बन्धमा सचेत गराएका थिए तर उनीहरुले आइएसबाट नभई अलकायदाबाट हमला हुन सक्ने जनाएका थिए ।
अमेरिकामा ८ नोभेम्बरका दिन राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
आइएसले सात पेज लामो एक नोट जारी गरेको हो । उक्त नोटमा अमेरिकी मुस्लिमलाई मतदानबाट टाढा रहन चेतावनी दिइएको छ ।
अमेरिकी अखबार युएस टुडेले आइएसको धम्कीसम्बन्धी समाचार प्रकाशित गरेको छ ।
अमेरिकामाथि यस प्रकारको हमला जायज हुने उल्लेख गर्दै आइएसले भनेको छ, ‘हाम्रालागि रिपब्लिकन र डेमोक्रेटबीच तात्विक भिन्नता छैन । उनीहरु सबै मुस्लिमविरुद्ध छन् ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्