३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


छठ पूजा गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु


0
Shares

मोरङ, कात्तिक २२ । मोरङको विराटनगर–१९ बैङ्क रोडस्थित पोखरीमा छठ पूजा गर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–२०, बर्मा टोल बस्ने अन्दाजी ५० वर्षीय सागर राई रहेका छन् ।

प्रहरीका अनुसार छठ पूजाका क्रममा नुहाउन पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु भएको हो ।

लामो समयसम्म पोखरीबाट बाहिर ननिस्केपछि राईलाई प्रहरी र स्थानीयवासीले खोजी गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।