१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अमेरिकाको ओक्लोहामा राज्यमा भूकम्प, दर्जनौं घर भत्किए


0
Shares

काठमाडौं, कात्तिक २२ । अमेरिकाको ओक्लोहामा राज्यमा गएको भूकम्पका कारण दर्जनौ घरहरु भत्केका छन् ।

५ रेक्टर स्केलको भूकम्पका कारण सो राज्यका सर्वसाधारणमा भागदौड मच्चिएको थियो । भूकम्पका कारण सो राज्यका सम्पूर्ण बिद्यालय र कलेजहरु सोमबार एक दिनका लागि बन्द गरिएका छन् ।

पछिल्लो केही साता यता ओक्लोहामा राज्यमा १९ पटक भूकम्पको धक्का महसुस गरिएको छ भने गत सेप्टेम्बरमा ५ दशमलव ६ म्याग्नेच्युटको भूकम्पका कारण सयौं घरहरु भत्केका थिए ।(एजेन्सी)