
फाइल तस्विर
झापा, कात्तिक २२ । जंगली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाहुनडाँगी–२ का ६० वर्षिय मनहरी ढुंगेल रहेका छन् । घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीसँगै घाँस काट्न गएका सोही ठाउँका लम्बबहादुर प्रधान भने हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाहुनडाँगीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्