३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


धनकुटा नगरपालिकालाई ‘आठपहरिया स्वायत्त क्षेत्र’ बनाउन माग


0
Shares

कविराज घिमिरे (इमेज)
धनकुटा, कात्तिकश २२ । अल्पसंख्यक आठपहरिया जातिले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् ।

किरात आठपहरिया समाज केन्द्रीय समितिले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरी धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेको हो ।

समितिले पुस्तौंअघिबाट आठपहरियाको बसोबास रहेको धनकुटालाई स्वायत्त क्षेत्र घोषणा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कमल छाराहाङले ७ तहमा विभाजित धनकुटाको स्थानीय तह पुनर्संरचनामा राखिएको ‘संरक्षित क्षेत्र’को स्थानमा ‘स्वायत्त क्षेत्र’ हुनुपर्ने बताए ।