
काठमाडौं, कात्तिक २२ । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।
अष्ट्रेलियाको पर्थमा भएको खेलमा भ्रमणकारी दक्षिण अफ्रिकाले १७७ रनको शानदार जित हासिल गरेको हो । यो जित दक्षिण अफ्रिकाको अहिलेसम्मकै उत्कृष्टमध्येमा पर्छ ।
५३९ रनको असम्भव प्रायः चुनौती पछ्याएको अष्ट्रेलियाले सोमबार अन्तिम दिन संघर्षपूर्ण ब्याटिङ गर्दै ३६१ रन बनाएपनि हारबाट भने जोगिन सकेन ।
अष्ट्रेलियाका उस्मान खवाजाले ९७ रन बनाएको इनिङ्समा दक्षिण अफ्रिकाका कगिसो रबाडाले ५ विकेट लिए ।
यसअघि, पहिलो इनिङ्समा २४२ रन बनाएर २ रनले पछि परेको दक्षिण अफ्रिकाले जेपी डुमिनी र डिन एल्गारको शतकसँगै ८ विकेटको क्षतिमा ५४० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
पहिलो इनिङ्समा २ समेत गरी ७ विकेट लिएका रबाडा ‘म्यान अफ द म्याच’ भए ।
जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
दोस्रो टेस्ट शनिबारदेखि होबार्टमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्