२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


शंखमूल र बानेश्वर विजयी


0
Shares

काठमाडौं, कात्तिक २२ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएको पहिलो खेलमा शंखमूल फुटसलले हाइवे फुटसललाई ५–० ले पराजित गरेको छ ।

शंखमूलको ‘पिच’मा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा शंखमूलले आक्रमक खेल्दै ५ गोल गर्न सफल बन्यो ।

प्रतियोगिताअन्तर्गत् सोमबारै भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टरले चौर रिक्रियस्नल सेन्टरलाई ६–५ ले पराजित गर्‍यो ।

तिहार र छठपर्वका कारण केहि दिन स्थगित भएको प्रतियोगिताका खेलहरु सोमबारदेखि सुचारु भएका हुन् ।