काठमाडौं, कात्तिक २३ । भारत भ्रमणमा रहका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज(मंगलबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।
नयाँ दिल्लीको साउथ ब्लकमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि आइतबार भेट हुने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको व्यस्तताका कारण हुन सकेको थिएन ।
भेटमा दुई पक्षीय हित र आपसी सहयोग विस्तारका विषयमा छलफल हुने छ । त्यसैगरी नेपालको राजनीतिक अवस्था, संविधान संशोधन प्रक्रियालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
सभापति देउवाले सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग भेटवार्ता गरेका थिए ।
गत शुक्रबार गोवाको एक कार्यक्रममा भाग लिन पत्नी आरजुसहित भारत पुगेका देउवा बुधबार काठमाडौं फर्कने कार्यक्रम छ ।









प्रतिक्रिया दिनुहोस्