
इलाम । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार इलाम आउने भएका छन । शाह नीजि धार्मिक भ्रमणका लागि भन्दै इलाम आउन लागेका हुन । उनलाई इलाममा स्वागतका लागि समर्थकहरु सक्रिय भएर लागेका छन ।
उनीहरुले ज्ञानेन्द्र शाहको भ्रमण व्यवस्थापन समिति नै गठन गरी तयारी सुरु गरेका छन । ४२ सदस्यीय समितिमा सबै सदस्य छन ।
समितिले शुक्रबार इलाम सदरमुकाममा पत्रकार भेटघाट आयोजना गरी शाहको भ्रमणबारे जानकारी गराएको हो ।
समितिले जानकारी गराए अनुसार शाहका साथमा परिवारका कोही पनि सदस्य रहने छैनन ।
आइतबार साँझ इलाम आएर समिट होटलमा बस्ने निश्चित भएको समितिका सदस्य हरी श्रेष्ठले जानकारी दिए ।
शाह १८ गते विहान पाँचथर जाने कार्यक्रम तय भएको छ । फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक माल्यार्पण र शिवालय मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी १९ गते साँझ पुनः इलाम आउनेछन । २१ गते विहान इलाम नविनचोक देखि माईस्थान मन्दिर सम्मको पदयात्रा गरी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी शुभचिन्तकहरु सँगको भेटघाट समेत रहने कार्यक्रम तय भएको छ ।
विशुद्ध नीजि धार्मिक भ्रमण भएकाले कुनै औपचारिक कार्यक्रम भने नहुने भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्