३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


परम्परागत पञ्चेबाजा संरक्षण गर्ने यस्तो काइदा (भिडियो)


0
Shares

बारा, कात्तिक २३ । बाराका स्थानीय परम्परागत पञ्चेबाजा संरक्षणमा जुटेका छन् ।

परम्परागतरुपमा बजाइँदै आएको पञ्चेबाजा लोप हुँदै गएको भन्दै स्थानीयले धौलागिरी बाजा समूह निर्माण गरी संरक्षण अभियान सुरु गरेका हुन् ।

उनीहरुले आजीवन सदस्य बनाइ संकलित रकमबाट पञ्चेबाजा खरिद गरेका छन् । व्यावसायिकरुपमै पञ्चेबाजा बजाउने कार्यमा सबै समुदाय लाग्नुपर्ने र यसले लोप हुँदै गएको संस्कृतिलाई जगेर्ना गर्ने विश्वास उनीहरुले लिएका छन् ।

त्यसैगरी एउटै समुदायले मात्रै पञ्चेबाजा बजाउनुपर्ने मान्यताको अन्त्य गर्नसमेत यसले सहयोग पुग्ने विश्वास स्थानीयको छ ।

विवाह, ब्रतबन्ध, पूजाआजालगायतका धार्मिक कार्यमा बाहिरी जिल्लाबाट महंगो मूल्य तिरेर पञ्चेबाजा ल्याउनुपर्ने अवस्था आएपछि स्थानीयले संरक्षण अभियान सुरु गरेको बताइएको छ ।