३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


प्रधानमन्त्रीद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण


0
Shares

दोलखा, कात्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

दोलखामा निर्माणाधीन आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहालले आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिएका हुन् ।

आयोजनाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले निर्धारित समयमै काम सम्पन्न गरे कर्मचारी र ठेकेदारलाई पुरस्कार दिने घोषणासमेत गरे ।

प्रधानमन्त्री दाहालले दोलखाको लामाबजार–तिब्बत जोड्ने सडक निर्माण सुरु गर्न पनि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत गृह, मुख्य सुरुङहरु र बाँधस्थलको अवलोकन गरे ।

राष्ट्रिय गौरवको स्वदेशी पूँजीमा लामाबगर गाविसमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको छ । आयोजना सम्पन्न गर्न ३५ अर्ब २९ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।