३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


बुढानिलकण्ठको विकासका लागि सरकार सकारात्मक : मन्त्री जोशी


0
Shares

काठमाडौं, कात्तिक २३ । उद्योग मन्त्री नविन्द्रराज जोशीले बुढानिलकण्ठ मन्दिरको विकासका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

बुढानिलकण्ठ मेलाको अवसरमा मंगलबार भागवत सप्ताह महायज्ञ उद्घाटन गर्दै उद्योग मन्त्री जोशीले बुढानिलकण्ठ धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

धार्मिक सम्पदाको संरक्षण गर्नु सरकार र स्थानीय बासिन्दाको दायित्व भएको भन्दै उनले यसको विकास र विस्तारमा जुट्न पनि आग्रह गरे ।

बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित महायज्ञ २९ गतेसम्म चल्ने छ । पण्डित रविन्द्र आचार्यले कथा वाचन गर्ने महायज्ञबाट उठेको सहयोग रकम मन्दिर निर्माणमा खर्च गरिने बुढानिलकण्ठ मेला मूल समारोह समितिले जनाएको छ ।

महायज्ञ सुरु हुनुअघि बुढानिलकण्ठ क्षेत्रमा कलश यात्रा निकालिएको थियो ।