Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दिल्लीमा देउवा र मोदीबीच भेटवार्ता, नेपालको राजनीतिक अवस्थाबारे कुराकानी


0
Shares

काठमाडौं, कात्तिक २३ । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दिल्लीमा भएको भेटवार्तामा दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न भारत भ्रमणमा रहेका देउवा र भारतीय प्रधानमन्त्रीबीच आपसी हित र चासोका बारेमा केन्द्रित रहेर पनि छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

नेता देउवा र भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीबीच सोमबार भेटवार्ता भएको थियो । पूर्वप्रधानमन्त्री देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधि समेत प्रदान गरेको थियो । (रासस)

Skip This