
बर्दिया, कात्तिक २३ । बर्दियामा स्थानीय निकाय पुनःसंरचना इलाका, गाउँपालिका र नगरपालिका गरी ८ स्थानीय तह हुने भएको छ ।
जिल्लामा पहिलोपटक पाँच स्थानीय निकाय प्रस्ताव गरिएकामा हाल सो संख्या बढेपछि सहमति भएको छ ।
स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक तेजराज शर्माका अनुसार स्थानीय निकायमा ६ नगरपालिका र दुई गाउँपालिका हुने छ ।
स्थानीय तहका बाँसगढी, गुलरिया, बाह्रबर्दिया र राजापुरलाई नगरपालिका बनाउने सहमति भएको छ भने बढैयाताल, मधुवन र ठाकुरबाबालाई नगरपालिका बनाउने पहिलो प्राथमिकता दिइएको छ ।
अरु गाविस खैरिचन्दनपुर, मनाउ, गोला, पाताभार र पशुपतिनगरलाई एक–एक गाउँपालिका बनाउने सहमति भएको शर्माले जानकारी दिए ।
उनले राजनीतिक दलहरु सहमत नभएको विषय आयोगमा प्रस्ताव पठाउने तयारी भएको र त्यसलाई आयोगले नै टुंगो लगाउने जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्