Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मंगलबार पाराग्लाइडिङका सबै उडान बन्द


0
Shares

                                                                         फाइल फोटो
पोखरा, कात्तिक २३ । नेपाल हवाई खेलकुद संस्था पोखराले मंगलबार पाराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।

गत शुक्रबार स्याङ्जाको स्वरेकमा पाराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा पाराग्लाइडिङका सबै उडान मंगलबार बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए ।

पोखराको लेकसाइड निवासी पहारीको मंगलबार पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ । रासस