
काठमाडौं, कात्तिक २३ । यहि कात्तिक २७ गते काठमाडौंका १६ ओटा अजिमा शक्तिपीठमा तन्त्र पूजा गरिने भएको छ ।
झी ज्यापु मिसा पुचःले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पूजाबारे जानकारी दिएको हो ।
खड्ग आकारको कान्तिपुर नगर स्थापना गरी राजा गुणकाम देवले सामरिक महत्व रहेको ठाउँमा शक्तिपीठहरु स्थापना गरेको बताइन्छ ।
संस्कृति जोगाउनमात्र नभइ समाज अधिकार सम्पन्न होस् भन्ने देखाउन पनि शक्तिपीठहरुकहो पूजा आयोजना गरिएको आयोजकले बताएको छ ।
आजिमालाई कान्तिपुर नगरको संरक्षककोरुपमा पूजा गर्ने गरिन्छ ।
सो दिन ङतभुलु, कुलांभुलु, लुँति, जातिका, चन्द्रलखु, पासिक्वः, असंभुलु, लुचुभुलु, लुँमढि, फिब्वः, दोलाय्, मतुलि, नै, तक्ति, कंग र हाकु पीठमा पूजा गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्