
खोटाङ, कात्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् ।
मंगलबार मध्यपहाडी लोकमार्ग निरीक्षणका लागि भन्दै खोटाङ पुगेका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा ‘राष्ट्रिय सहमति गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको छ’–भने ।
राष्ट्रिय सहमति जुटाउने, राष्ट्रिय एकता कायम गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, पुनःनिर्माणलाई गति दिने र छिमेकीसँगको सम्बन्धलाई सुधार गर्ने काममा आफू केन्द्रित रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले मंगलबारै संखुवासभाको किमाथांकानाका र अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणस्थलको निरीक्षणसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्