२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


इम्पेरियल र कुमारी फुटसल विजयी


0
Shares

काठमाडौं, कात्तिक २३ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् मंगलबार भएका खेलहरुमा इम्पेरियल फुटसल कौशलटार र कुमारी फुटसल पकनाजोल विजयी भएका छन् ।

समूह ‘ए’को खेलमा भक्तपुर कौशलटारको इम्पेरियल फुटसलले ढुंगेअड्डाको आदर्श फुटसललाई ६–५ ले पराजित गर्‍यो । इम्पेरियलका लागि किशन अधिकारीले ह्याट्रिक गरे भने सुमेरु थापाले २ तथा सुरेन्द्र बुढाथोकीले एक गोल थपे ।

आदर्शका समीर कार्कीले २ गोल गर्दा डेनियल श्रेष्ठ र उत्सव रानामगरले एक–एक गोल थपे । यो खेल जितेसँगै इम्पेरियल फुटसल समूह ‘ए’को अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । इम्पेरियलले ५ खेलबाट ६ अंक जोडेको छ ।

प्रतियोगिताअन्तर्गत् मंगलबारै भएको अर्को खेलमा कुमारी फुटसल पकनाजोलले बीजी ब्रदर्श पेप्सीकोलालाई ५–४ ले हरायो ।

जारी प्रतियोगितामा सन्तुलित प्रदर्शन गरिरहेको कुमारीका लागि पाँचै गोल अभिषेक रिजालले गरे ।

घरेलु टोली बीजी ब्रदर्शका आकाश लामाले २ तथा प्रकाश थापामगर र रवि तामाङले एक–एक गोल गरे ।

यो खेलपछि कुमारी फुटसल अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलबाट उसको १० अंक भएको छ ।