३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


पूर्व राजा ज्ञानेन्द्र आज सिंगापुर जाने, त्यसपछि भारत


0
Shares

काठमाडौं, कात्तिक २४ । पूर्व राजा ज्ञानेन्द्र शाह आज(बुधबार) सिंगापुर भ्रमणमा जाने भएका छन् । निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै तय भएको छैन ।

सिंगापुरबाट उनी भारततर्फ लाग्नेछन् । भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसंग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।

उनको भ्रमणमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् भने हिमानी केही दिन अघी नै सिंगापुर पुगिसकेकी छिन् । पूर्व राजाका साथमा उनका स्वकाीय सचिव सागर तिमल्सिना पनि रहनेछन् ।