
काठमाडौं, कात्तिक २४ । नाइजेरियामा सुनखानीमा काम गर्ने ३६ जनाको गोली हानी हत्या गरेको छ ।
नाइजेरियाको मारु जिल्लामा रहेको जामाफारा राज्यमा रहेको सुनखानीमा हतियार सहित प्रवेश गरेका बन्दुकधारीहरुले उनीहरुको गोली हानी हत्या गरेको हो ।
यसैबीच नाइजेरियाका राष्ट्रपति मुहमादु बुहारीको आदेशमा सो क्षेत्रमा सेनाको बिशेष दस्ता परिचालन गरिएको छ ।
नाइजेरिका जाम्फाराका गभर्नरले घटना आतंकबादी भएको र यसको पछाडी कस्को हात रहेको छ भन्ने प्रष्ट नभएको जनाएको छ ।
नाइजेरियामा विगतका बर्षहरुमा आतंकबादी समूहले नाइजेरियाको गाउँ गाउँका आक्रमण गरी सयौंको ज्यान लिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्