
नवलपरासी, कात्तिक २४ । भारतीय पक्षले नहरमा पानी बन्द गरेपछि नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ ।
भारतले यस वर्ष पनि मर्मत सम्भार गर्न भन्दै नहरमा पानी बन्द गरेको हो । जसका कारण गुठी सूर्यपुरास्थित विद्युत् उत्पादन केन्द्रको उत्पादन बन्द भएको छ ।
भारतीय पक्षले कात्तिक ९ देखि नहरमा पानी बन्द गरेको हो । उसले मंसिर १० गतेसम्म नहर बन्द रहने जानकारी दिएको छ ।
केन्द्रका प्रमुख सुरेश राउतका अनुसार उत्पादन बन्द भएपछि अहिले भारतबाट १ सय ३२ किलो भोल्ट बिजुली आपुर्ति गरिएको छ ।
हरेक वर्षको कात्तिकदेखि मंसिरसम्मको एक महिना नहर मर्मतको बहाना बनाउँदै भारतले पानी बन्द गरिदिने गरेको छ ।
जसका कारण हरेक वर्ष स्थानीयले विद्युत्को समस्या झेल्दै आएका छन् । भारतको सहयोगमा सन् १९७९ देखि उक्त केन्द्र सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्