
काठमाडौं, कात्तिक २४ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान जारी रहेकै बेला क्यालिफोर्नियाको एउटा मतदान केन्द्रमा अज्ञात ब्यक्तिले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
घटनामा दुई जना घाइते भएका छन् । क्यालिफोर्नियाको अजुसाको मतदान केन्द्रमा हतियाधारी पुरुषले १० राउण्ड गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनाबारे अनुसन्धान जारी राखेको त्यहाँको प्रहरीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्