-कविराज घिमिरे,ईमेज
धनकुटा, कात्तिक २४ । देशभरका किसान धान भित्र्याउन व्यस्त छन् । ठूला चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको छ ।
पानी, बिउ र मलखादको कुनै समस्या नभएका कारण यस वर्ष धानको उत्पादन वृद्धि हुने आशा गरिएको छ । तर धनकुटाका किसानलाई भने मजदुर अभावका कारण समस्या परेको छ ।
धनकुटाका बेसी तथा फाँटका कृषक यति बेला बर्खामा मेहनत गरि लगाएको धान उत्पादन थन्क्याउन ब्यस्त छन् ।
अघिल्ला बर्षहरुमा बिभिन्न रोग किराको प्रकोप, पानी, बिउविजन मलखाल लगायतको समस्याका कारण भने जति उत्पादन गर्न नपाएका कृषक यो बर्ष भने आषा अनुरुपकै उत्पादन भएका कारण निकै खुसि देखिएका छन् ।
अघिल्ला बर्षको तुलनामा यो बर्ष २० प्रतिसतले धान उत्पादन बढेको जिल्ला कृषि बिकास कार्यलय धनकुटाले जनाएको छ ।
गत बर्ष धनकुटाको कुल धान उत्पादन हुने क्षेत्र मध्ये ८५ प्रतिसत अर्थात सात हजार आठ सय २० हेक्टर क्षेत्रफलवाट २७ हजार ९० मेट्रिकटन धान उत्पादन भएको थियो ।
यो बर्ष भने ९५ प्रतिसत खेतमा धान उत्पादन भएको छ । रोग किराको प्रकोप, पानी, बिउविजन मलखाद लगायतको समस्या नभएका कारण तथा जमिन बाँझो नबसेका कारण धानको उत्पादन बढेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाका प्रमुख भरत प्रसाद बिडारी बताउँछन् ।
धनकुटाको मध्य पहाडमा खुमल चार, खुमल दश सहित स्थानीय बास्मती, अटे लगायतका धानको खेति हुने गरेको छ भने बेसीमा राधा १२, रन्जीत, रातो बास्मती, मिथिला लगायतका धानको खेति हुने गरेको छ ।
उत्पादन राम्रो भएपनि धान रोप्ने तथा थन्क्याउने समयमा कामदार नपाउंदा कृषक समस्यामा परेका छन् ।
सबैको एकै समयमा धान थन्क्याउनु पर्ने भएपनि कृषक अभाबकै कारण आलोपालो तथा पर्म गरेर थन्क्याउने गरिएको कृषक गोबिन्द बस्नेत बताउँछन् ।
यहां उत्पादित धानले जिल्लाको ४० प्रतिसत माग धान्ने गरेको छ । यहा उत्पादन गरिएको धानको चामल भोजपुर र संखुवासभासम्म पुग्ने गरेको छ ।
तर युवाहरुको बढ्दो बैदेशिक राजगार मोह तथा सुबिधाको खोजिमा गाँउ छाड्ने करणले कामदारको भने सधै समस्या हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्