३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


विद्यार्थी बोकेको बस दुर्घटना, आठजना घाइते


0
Shares

कञ्चनपुर, कात्तिक २४ । विद्यार्थी बोकेर ल्याउँदै गरेको म १ ख ६०७ नम्बरको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको उक्त बस दुर्घटनामा घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए । घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।

घाइते सबै खतरामुक्त रहेको बताइन्छ । टिप्परले नाघेर जान खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार छन् । (रासस)