कञ्चनपुर, कात्तिक २४ । भारत सरकारले भारतीय ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएसँगै नेपाली सर्वसाधारण समेत अप्ठ्यारोमा परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण भारतमा समस्या उब्जिएको भन्दै पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेसँगै यसको प्रभाव अन्तर्राष्ट्रियस्तरमा परेको हो ।
कञ्चनपुर, कैलालीलगायतका जिल्लामा रहेका भारु सटही काउण्टरले पाँच सय र एक हजारका नोट नसाटिदिएपछि भारतबाट नेपाल फर्किएकाहरु अलपत्र परेका छन् ।
भारतीय सिमावर्ती जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलालीलगायतका जिल्लाका बजारमा भारु नोट प्रतिबन्धसँगै सटही कारोबार समेत रोकिएपछि मजदूर झन् समस्यामा परेका हुन् ।
खास गरेर भारतमा विभिन्न ठाउँमा रोजगार गरी नेपाल फर्केका मजदुरले यसको प्रत्यक्ष मार खेप्नुपरेको छ ।










प्रतिक्रिया दिनुहोस्