
जनकपुरधाम, चैत १५ । प्रदेश नम्बर–२ मा एसइई परीक्षाअन्तर्गत् शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको चर्चा व्यापक छ ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि बिहीबार र शुक्रबारको परीक्षा रद्द भइसकेका बेला अर्को विषयको प्रश्नपत्र पनि बाहिरिएको हल्ला चलेको हो ।
सामाजिक सञ्जालहरुबाट शनिबार हुने प्रश्नपत्र बाहिरिएको कुरा सार्वजनिक भएको हो । तर, यसको आधिकारिक पुष्टि भएको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले शनिबारको परीक्षाको प्रश्नपत्र बाहिरिएको हो/होइन भन्नेबारेमा अहिले नै एकिन भन्न नसकिने प्रतिक्रिया दिए । परीक्षा नियन्त्रण कार्यालयबाट नै यसको आधिकारिकता जाँचिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्