Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राष्ट्रपतिले गरिन् गणेशमानको प्रशंसा,‘आदर्शबाट पाठ सिकौं’


0
Shares

काठमाडौं, कात्तिक २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च नेता गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताएकी छिन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले बुधबार राजधानीको शान्ति वाटीकामा गरेको कार्यक्रममा उनले गणेशमान सिंह कुनै एक पार्टीको मात्र नभई मुलुककै सर्वोच्च नेता भएको बताईन् ।

राणा शासनविरुद्धको विद्रोहमा उनको योगदान स्मरणीय रहेको भन्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्न सके लौहपुरुष गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् ।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गरेर निर्वाचनको तयारीमा जुट्नुको विकल्प दलहरुसँग नभएकाले निर्वाचनबाटै जनताको अधिकार सुनिश्चित हुने पनि बताइन् ।

कार्यक्रममा जनआन्दोलन २०६२÷६३ र नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यस वर्षको जनआन्दोलन स्वर्ण पदकबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई विभूषित गरिएको थियो ।

Skip This